मध्यरातमा श्रीमान भागेपछि पाँच महिने सुत्केरी सहित छोराछोरीको बिचल्ली
इटहरी, ८ मंसिर - सुनसरीको इटहरी स्थित जुट बिकाश टोलको एक घरमा डेरा गरी बस्ने दलित परिवार यतिबेला बिचल्लीमा परेका छन । सिटी सफारी चलाएर दैनिक गुजारा गर्दै आएका बर्ष ३३ का मदन बिश्वकर्मा एक महिना अघी मध्यरातमा घरबाट भागेपछि उनकी श्रीमती शान्ति बिश्वकर्मा सहित उनको नाबालाक छोराछोरीहरू बिचल्लीमा परेका हुन। श्रीमानले मध्यरातमा घर छाडेर सम्पर्क बिहीन बनेपछि २५ बर्षीया श्रीमती शान्ति डेढ बर्षीया छोरी जेनिशा र ५महिनाका छोरा राजकुमारको बिचल्ली भएको हो। श्रीमानको खोजी गरिदिन शान्ताले सबैसंग आग्रह गर्दै आएकी छिन भने उनले अहिले सम्म श्रीमान हराएको बिषयमा प्रहरी कार्यालयमा निवेदन दिन सकेकी छैनन। ताप्लेजुङ घर भएकी शान्ति र भापा शनि अर्जुन नगरपालीका घर भएका मदन बिच २०६९ जेष्ठ महिनामा मागी बिवाह भएको थियो । बैवाहिक बन्धनमा बाधिएको दुइ बर्षपछि २०७१ सालमा बर्षेनी दुर्इ सन्तान भएलगत्तै परिवारमा समस्या सुरू भएको शान्ति बताउछिन । तर श्रीमानले मध्यरातमा घर छाडेर किन हिडे आफुलार्इ कुने जानकारी नभएको पनि पिडित शान्तिले बताइन। परिवारलार्इ छाडेर मदन एकाएक बेपत्ता बनेपछि घरमा खाने अन्न समेत स्थानीय छर छिमे...